२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना

प्रकाशित मिति : २०७८ आश्विन १० गते

चितवन / चितवनमा ट्राफिक प्रहरीले दसैँ, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै भरतपुरको तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। ट्राफिक प्रहरीको सक्रियतामा पोखरा बसपार्क, पुलचोक र केन्द्रिय बसपार्कमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो । नागरिक सहायता कक्षको एक समारोहका बिच चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले उद्धघाटन गरेका हुन् ।
चितवन मुलुककै मध्ये भागमा पर्ने जिल्ला भएको यहाँको अन्य ठाँउमा समेत कक्ष विस्तार गर्ने प्रहरीको योजना छ । सो अवसरमा बोल्दै प्रजिअ तामाङले सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने विश्वास व्यक्त गरे । सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवंम् प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले चाडबाडमा हुने घटना हुन नदिन प्रहरी सधै सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए। जिल्ला ट्राफिक कार्यालय चितवनले दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।
‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ थापाले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ।’ यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए। आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोधपुछ गर्न सकिने थापाको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45