२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

नेपालमा ११५७ संक्रमित थप, संक्रमणमुक्त १११३ जना

प्रकाशित मिति : २०७८ आश्विन १३ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको परीक्षणमा पीसीआर विधिबाट १० हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ जनामा १ हजार १५७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुधबार प्रेस ब्रिफिङ मार्फत जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९४ हजार १६३ र एन्टिजेनबाट ९१ हजार ३७३ जना पुगेको हो ।
यस्तै, आज थप १११३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४७ जना पुगेको छ । निको हुने दर ९६.३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले छ ।

- ADVERTISEMENT -