काठमाण्डौ / साफ च्याम्पियसिपको फाइनल खेलमा नेपाल र भारत भिड्ने पक्का भएको छ । बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई १–१ गोलको बराबरी खेल्दै फाइनलमा प्रवेश गरेको हो । नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेको हो ।
मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक–एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । योसँगै नेपालले २८ वर्षको पर्खाइ भङ्ग गरेको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनशिपमा नेपाल १३औँ संस्करणमा आइपुग्दा पहिलो पटक फाइनलमा पुगेको हो ।
खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।
खेलको ७९औँ मिनेटमा गोलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनको ठाउँमा अशरफुल राना आएका थिए । पराजित भएका बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियोगिताबाटै बाहिरिएको छ ।
रोहितले गरे विराजको बराबरी
यसैबीच बुधबारकै खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।
रोहितको यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा रोहितलाई उनको कीर्तिमानलाई उछिन्ने मौका छ ।
नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।
यसैगरी बुधबार नै भएको साफ च्याम्पियनसिप फुटबलमा भारतले माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
साफ च्याम्पियनसिपको फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा भारत र नेपालबीच हुनेछ ।
- ADVERTISEMENT -
साफ च्याम्पियनसिप : फाइनलमा नेपाल र भारत भिड्दै
October 14, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -