काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको भन्दै यसमा विवाद गर्न आवश्यक नरहेको बताएका छन् । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको भन्दै देउवाले एमसीसी नेपालको लागि उपलब्धी मुलक रहने बताए ।
उनले भने ‘ एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ ।’
गोरखापत्र दैनिकलाई दिएको अन्तरवार्तामा उनले एमसीसी पास हुनेसमेत बताएका छन् । त्यस्तै देउवाले आफ्नो सरकारलाई परमादेशबाट बनेको सरकार भनेर आलोचना गर्नेहरुप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारलाई परमादेशबाट बनेको सरकार भनेर आलोचना गर्दै आएको छ । सत्य यो होइन, उनीहरुको जलन मात्रै हो ।’
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विपक्षी गठबन्धनको तर्फबाट नयाँ सरकारमा दाबी प्रस्तुत गरेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओलीले सरकार छाड्नु परेको थियो । त्यतिबेलादेखि नै एमालेले वर्तमान सरकारलाई जनादेश प्राप्त नभएको र यो परमादेशबाट बनेको भन्दै आएको छ ।
सोही अन्तरवार्तामा देउवाले भनेका छन् ‘सम्मानित सर्वोच्च अदालतलेसंविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो ।
मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिंदा १६५ सांसदको समर्थन प्राप्त भएको छ, सरकारलाई राम्रो बहुमत प्राप्त छ । त्यसैले यो सरकार परमादेशको मात्रै नभई जनादेश प्राप्त सरकार हो ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘एमसीसी मुलुकको हितमा छ’ – प्रम देउवा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.86
154.46

European Euro
1
176.40
177.09

UK Pound Sterling
1
207.80
208.61

Swiss Franc
1
190.57
191.32

Australian Dollar
1
107.69
108.11

Canadian Dollar
1
109.58
110.00

Singapore Dollar
1
119.37
119.83

Japanese Yen
10
9.49
9.52

Chinese Yuan
1
22.74
22.82

Saudi Arabian Riyal
1
40.97
41.13

Qatari Riyal
1
42.21
42.37

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.89
42.06

Malaysian Ringgit
1
37.78
37.93

South Korean Won
100
10.40
10.45

Swedish Kroner
1
16.00
16.07

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.63
19.70

Kuwaity Dinar
1
500.36
502.31

Bahrain Dinar
1
408.09
409.68

Omani Rial
1
399.62
401.17













