चितवन / स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै भरतपुर महानगरपालिकाले नगरवासीको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले २९ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र तथा दुई स्थानमा आयुर्वेदिक औषधालयहरू निर्माण गरी संचालनमा ल्याएको छ । महानगरकै अगुवाईमा देवघाटमा पनि आयुर्वेदिक अस्पताल बन्न लागेको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी छिन् ।
प्रमुख दाहालले चितवन मेडिकल सिटीको रूपमा विकास हुँदै गएकाले विशेषज्ञ सेवातर्फ विशेष ध्यान दिन आग्रह गरिन् । उनले भरतपुरमा कोही पनि नगरवासी आधारभूत स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यका साथ हरेक क्षेत्रमा स्वास्थ्य केन्द्र र औषधालयहरूको निर्माण र बिस्तारमा जोड दिएको बताइन् ।
आयुर्वेदिक चिकित्सा पद्धती पुरानो र महत्वपूर्ण रहेको बताउदैं उनले वडा न १४ शिवनगरमा ५० शैयाको आयुर्वेदिक अस्पताल स्थापना गरी संचालनमा ल्याइएको बताइन् । उनले यस अस्पताललाई प्रदेश सरकारसँग समन्वय गरी १ सय शैंयामा स्तरवृद्धि गर्ने प्रकृया पनि अगाडि बढाइएको बताइन् ।
शिलान्यास गरिएको देवघाट आयुर्वेदिक औषधालय ६५ लाखको लागतमा ९ वटा आधुनिक कोठा सहितको निर्माण हुने र त्यसलाई समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरी सेवा सुचारू गर्न प्रमुख दाहालले आग्रहसमेत गरिन् ।
उनले निर्माणाधिन आयुर्वेदिक औषधालयले देवघाट क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई अक्षुग्ण राख्नुका साथै यस क्षेत्रको विकासमा अझै महत्वपूर्ण हुने उल्लेख गरिन् ।
सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले देवघाट क्षेत्रमा निर्माणाधिन आयुर्वेदिक औषधालयले यस क्षेत्रमा आउने धर्मावलम्बी तथा स्थानिय नागरिकहरूलाई आयुर्वेदिक उपचारमा सहयोग पुग्ने बताए ।
स्थानीवासीको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले भरतपुर महानगरपालिकाले नगर क्षेत्रभित्र शारदानगर र शिवनगरमा अस्पताल संचालन गरेको छ भने ४० स्थानबाट नगर स्वास्थ्य क्लिनिक, मातृ शिशु क्लिनिक, हेल्थपोस्ट लगायतकाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिलान्यास कार्यक्रम महानगरपालिका वडा नं। १ का अध्यक्ष तथा देवघाट आयुर्वेदिक औषधालय व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष जयराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
देवघाटमा ६५ लाखको लागतमा आयुर्वेदिक औषधालय बन्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
