२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

चितवनका सातै पालिकामा भोलि र पर्सि कोरोनाको खोप लगाइँदै

प्रकाशित मिति : २०७८ कार्तिक १४ गते
- ADVERTISEMENT -

चितवन / चितवनका सात वटै स्थानीय तहमा कार्तिक १५ र १६ गते कोरोना भाइरस विरुद्धको पहिलो डोजको खोप लगाइने भएको छ । यसअघि खोप नलगाएकाहरुलाई दुई दिन पहिलो डोजको खोप दिन लागिएको हो ।
१८ वर्ष माथिका सम्बधित पालिकाको खोप केन्द्रमा गएर पहिलो मात्राको खोप लगाउन सक्ने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुलाई कोभिसिल्ड, एस्ट्राजेनिका र भेरोसेलको खोप दिइनेछ ।
सबै स्थानीय पालिकाले सुचना जारी गर्दै खोप केन्द्र र खोप लगाउने समय बारे जानकारी दिइसकेको छ । नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात लिएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -