२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुने

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते
File Photo

चितवन / चितवनको नारायणी नदी किनारमा चितवन महोत्सव हुने भएको छ । कोभिडका कारण गत वर्ष हुन नसकेको उक्त महोत्सव पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको हो । कोभिडको जोखिम कायमै रहेकाले थोरै कक्ष राखेर महोत्सव गर्न लागिएको जानकारी गराएको छ ।
उक्त महोत्सवमा उद्योग वाणिज्य सङ्घ चितवन आयोजक र भरतपुर महानगरपालिका एवं जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहने छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
उनका अनुसार यस वर्ष महोत्सवमा ३५० कक्ष रहनेछन् । अघिल्ला महोत्सवमा ५०० भन्दा बढी कक्ष राखिएको थियो । उनले कोभिडका कारण सुरक्षा सतर्कता अपनाएर महोत्सव गर्नुपर्ने भएकाले कक्ष संख्या घटाइएको जानकारी दिए ।
महोत्सवमा डोमसहितका आकर्षक कक्षसमेत रहने छन् । महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेशलगायतका देशका उत्पादनकोसमेत कक्ष रहने छ ।
महोत्सव अवधिमा दिनहुँजसो विभिन्न विषयमा गोष्ठी हुने आयोजकले जानकारी दिए । गोष्ठीले चितवनलाई आर्थिक केन्द्र बनाउन सहयोग पु¥याउने सङ्घका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।
महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष रहने उनले भने । महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सव व्यवस्थित गर्न स्टेरिङ कमिटी बनाएर काम अघि बढाइएको उनले बताए ।
विसं २०५३ देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करण हो । हरेक दुई÷दुई वर्षमा महोत्सव हुँदै आएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68