April 26, 2025

दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्ती मृत फेला

December 1, 2021
फाइल तस्बिर ।
- ADVERTISEMENT -

काठमाडौं \ दोलखामा तीन जना मृत भेटिएका छन् । पाँच दिनका नाबालकसहित एक दम्पत्ती बुधबार बिहान मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख भेषराज रिजालका अनुसार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएको हो ।
मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ र ५ दिनका छोरा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको कोठामा कोइला बालेको भेटिएकाले धुँवाले निस्सासिएर घटना भएको हुनसक्ने आशंका गरिएको छ । थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

- ADVERTISEMENT -