चितवन / लायन्स क्लब अफ नारायणगढ बालकुमारीले २०औँ स्थापना दिवस मनाएको छ । लायन्सले उक्त स्थापना दिवसमा राप्ती नगरपालिका–२ गड्यौलीका २३ वर्षीय सरोज प्रजा चेपाङलाई ‘वर्ष नागरिक’ बाट सम्मान गरेको छ ।
सम्मानित प्रजा भोलेबाबा आधारभूत विद्यालयमा कक्षा ५ सम्मको अध्ययन गरेका र घरायसी अवस्था अन्यन्तै नाजुक भएका कारण पढाइ छाडेर काम गर्न थालेका हुन् । काठमाडौंस्थित गाडी मर्मत गर्ने अटो वर्कशपमा काम गरेका उनले अभावै अभावका विचमा पेट्रोलबाट चल्ने तीन पाङ्ग्रे गाडी बनाएका थिए ।
त्यस्तै हावाबाट चल्ने एयरबोर्टको निर्माण गर्ने लक्ष्य रहेका उनले प्यारामोटरको सफल परीक्षण गरिसकेका छन् । राजमार्गलाई लक्षित गरी उड्न र गुड्न सक्ने एम्बुलेन्सको निर्माण गर्ने लक्ष्य रहे तापनि एयरबोर्ट र त्यसका लागि इन्जिन किन्न नसकेर उडाउन नसकेको उनले बताएका छन् ।
यस्तै लायन्स क्लब अफ नारायणगढ बालकुमारीले रचनात्मक काम गर्नको लागि प्रेरणा र अनुभव साट्ने काम गर्दै आएको छ । यसै मध्येको एउटा उत्कृष्ट कार्य हो लायन ‘वर्ष नागरिक’ सम्मान एक हो ।
जंगलको छेउछाउमा बसोबास गर्ने, कन्दमुल खाने यो जातिको एउटा विलक्षण प्रतिभा अर्थात दियो जुन झुपडीमा बलिरहेको देखियो त्यस्तो प्रतिभाशाली व्यक्तिलाई ‘वर्ष नागरिक’ को रुपमा यस क्लबले सम्मान गरेको हो ।
अत्यन्त कमजोर आर्थिक अवस्था भएको व्यक्तिलाई सामाजिक उचाइ दिनको लागि सरोज चेपाङलाई एउटा सामाजिक प्रतिभाको रुपमा पहिचान गराउनका लागि लायन्स क्लब अफ नारायणगढ बालकुमारीको यो प्रयास कोशेढुङ्गा सावित हुने क्लबले विश्वास लिएको छ ।
त्यस्तैगरी ‘हामी सेवा गछौं’ को उत्कृष्ट मानवीय सेवा भावबाट अभिप्रेरित भई क्लवका विभिन्न कार्यक्रमहरुमा भएको सक्रिय सहभागिता, सहकार्य तथा विशेष योगदानको उच्च मुल्याङ्कन गर्दै ‘वर्ष लायन” बाट पूर्व अध्यक्ष तथा एरिया चिफ बाल गोपाल चुकेलाई सम्मान गरेको छ ।
कार्यक्रममा क्लब स्थापना गर्ने सदस्यहरुमध्ये हालसम्म पनि क्लबमा आबद्ध १३ जना संस्थापक सदस्यहरुलाई समेत विशेष सम्मन गरेको थियो । क्लबका सचिव शेरबहादुर पौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए । अध्यक्ष ध्रुबप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट ३२५ बि २ का डिष्ट्रिक्ट गभर्नर लायन रामप्रसाद भट्ट प्रमुख अतिथिसहित डिष्ट्रिक्टका पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लायन्स बालकुमारीको ‘वर्ष नागरिक’बाट सरोज चेपाङ सम्मानित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04












