२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२८६ जनाको पारिवारिक पुनर्मिलन : मानव सेवा आश्रम

प्रकाशित मिति : २०७८ मंसिर २० गते

चितवन / मानव सेवा आश्रम चितवन शाखाले २८६ जनालाई पारिवारिक पुनर्मिलन गरिएको जनाएको छ । विसं २०७२ माघमा स्थापना भएको यस संस्थाले हालसम्म ६५९ जनालाई सेवा प्रदान गरेकामा उनीहरुमध्ये उक्त संख्यामा पारिवारिक मिलन गराएको हो ।
आश्रममा आएर उपचारपश्चात् १९२ जनाले स्वेच्छाले आश्रम छाडेका छन् भने ९३ जनाको निधन भएको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । सामुदायिक पुनःस्थापना भएका ५२ जना छन् ।
हाल आश्रममा ६५ जना आश्रित छन् । सडकमा रहेका सहयोगापेक्षीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले हाल सात प्रदेशका १७ जिल्लामा आफ्ना शाखा स्थापना गरी काम गर्दै आएको छ । सत्र जिल्लामा २५ सेवाकेन्द्र स्थापना गरी काम गरिरहेको यस संस्थाले नौ जिल्लामा आफ्नै भवन निर्माणको काम सुरु गरेको जानकारी दिइएको छ ।
विसं २०८२ भित्र खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलमा अतिकष्टपूर्ण जीवन बिताउनुपर्ने सहयोगापेक्षी सडक मानवमुक्त गर्ने लक्ष्यका साथ आश्रमले काम गर्दै आएको छ । यस संस्थाले १७ जिल्लामा छ हजार २७५ जनालाई सेवा प्रदान गरेको बताइएको छ । तीमध्ये दुई हजार ४२५ जनाको पारिवारिक पुनर्मिलन, एक हजार ६६७ जना उपचारपश्चात् स्वेच्छाले आश्रम छोडेका र ६३४ जनाको मृत्यु भएको छ ।
यस्तै ३५४ जनाको सामुदायिक पुनःस्थापना गरिएको र एक हजार ५६७ जना आश्रममा आश्रित रहेको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । उनका अनुसार चितवन शाखाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
भरतपुर महानगरपालिका–३ बेलचोक नजिक निर्माणाधीन भवनमा १०० जना सहयोगापेक्षी राख्नसक्ने गरी भवन निर्माण गरिएको छ । समाजसेवी प्रेमकुमार श्रेष्ठ र स्व भगवानदाश श्रेष्ठको परिवारले उपलब्ध गराएको आठ कट्ठा जमिनमा भवन निर्माणको काम भइरहेको छ ।
भवन निर्माण सम्पन्न गर्नका लागि यही मङ्सिर २६ गतेदेखि आगामी पुस ४ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो । भवन निर्माणमा रु दुई करोड खर्च भइसकेको र अझै रु तीन करोड खर्च आउने बताइएको छ ।
विसं २०८० सम्म शाखामा आफ्नै भवन निर्माण, विसं २०८१ मा रु ५० करोडको अक्षकोष स्थापना र विसं २०८२ मा राष्ट्रिय अभियानका रुपमा घोषणा अभियानलाई तीव्र पारिने उनले बताए । अध्यक्ष अधिकारीले पारिवारिक गैरजिम्मेवारीपन समाजमा बढ्दै जाँदा सहयोगापेक्षी बढेको उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09