२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोरा विवाहको तयारीमा

प्रकाशित मिति : २०७८ पुष ६ गते

मुम्बई / बलिउड अभिनेता विकी कौशल र अभिनेत्री कैटरिना कैफको विवाहपछि अहिले सबैको ध्यान अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको जोडीतिर गएको छ ।
अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको छ । हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो ।
सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए । उनका अनुसार अर्जुन र मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् । उनको बुझाइमा अर्जुन इमोसनल पार्टनर हुन् भने मलाइका प्रयोगात्मक छिन् ।
‘यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन । यही कारण धेरै आलोचना र समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो छ’, ज्योतिषले भनेका छन् । ज्योतिष गुरुजीले विवाहपछि अर्जुन र मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने र जसको व्यापार शानदार हुने दाबी गरेका छन् ।
हालैमात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन् । मलाइकाले आफू र अर्जुनको सम्बन्धका बारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन् ।
सन् २०१९ मा अर्जुन र मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए । (एजेन्सी)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51