काठमाडौं / नेपाल क्रिकेट संघ क्यानका असन्तुष्ट ६ केन्द्रिय पदाधिकारीहरु (अमित विर पाण्डे, ऋषि राम गौतम, मोहमद्द दवाडी, करन महतरा, सञ्जय राज सिंह र छुम्बि लामा) ले क्यानले खेलाडीमाथि गरेको कार्वाहि नियोजित भएको बताएका छन्। उनीहरुले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाएका छन्।
असन्तुन्ष्टिबारे जानकारी दिंदै छुम्बी लामाले भने ‘हामीले धेरै पटक असहमतिहरु जायर गर्यौँ। तर क्रिकेट नेतृत्व स्वेच्छाचारी भएर हाम्रो कुराहरु सुनेन।’ उनले खेलाडीमाथि कारवाही लागि गरिएको प्रतिबेधन आफुहरुलाई अध्यन गर्न नदिएको बताए। उनले भने ‘हामीले पटक–पटक खेलाडीलाई कार्वाहि गर्नु राम्रो होइन भन्दा भन्दै उहाँहरुले सुन्नु भएन। त्यसैले यो कार्वाहि योजना अनुसार नियोजित रुपमानै गरिएको हो।’ उनले बहुमतको बलमा खेलाडीमाथि कारवाही गरिएको जिकिर गरे।
त्यस्तै पधाधिकारीहरुले क्यानमा लड्दा लड्दा थाकिसकेको भन्दै उनीहरुले लिखित रुपमा नै आफ्ना समस्या राष्ट्रिय खेलकुद परिषद र क्यान तथा मन्त्रालयमा राखेको बताए। असन्तुष्ट पक्षले जारी गरेको बतब्यमा आइसिसिबाट पुर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यानले अर्को विवादमा फस्न लागेको उनीहरुले बताए। उनीहरुले खेलाडीमाथि गरिएको नियोजित कार्वाहिको भत्सर्ना गर्दै फिर्ता लिन समेत माग गरेका थिए।
उनीहरुले क्यान नेतृत्वले गैर जिम्मेवार ब्यवहार गरेको भन्दै आफुहरुले बैठकको एजेन्डाहरुनै थाहा नपाउने गरेको गुनासो गरे। साथै क्यानको निर्णय समेत प्रेस बतब्य मार्फत थाहा पाउनु पर्ने अबस्था आउनु विडम्बना भएको बताए।
साथै उनीहरुले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको बार्षिक साधारण सभाको बैधानिक्तामाथिनै प्रश्न उठाए। असन्तुष्ट पक्षले २० जिल्लामा कार्यकाल सकिएर साधारण सभा नभएको अबस्थामा आफ्ना मान्छे नियुक्त गरेर भागबन्डा गर्न लागिएको आरोप समेत लगाए। उनीहरुले क्यानका निर्णयमा ुनोट अफ डिसेन्टु मात्र खेख्ने काम भएको भन्दै अब क्यानलाई निति र नियममा चल्ने की नचल्ने भन्ने प्रश्न महत्वपुर्ण भएको बताए।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘क्यानका खेलाडीमाथिको कारवाही नियोजित’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












