April 19, 2025

मिर्गौला पीडित महतलाई आर्थिक सहयोग

December 26, 2021
- ADVERTISEMENT -

चितवन / मिर्गौला पीडित टीकाबहादुर महतलाई आर्थिक सहयोग प्राप्त भएको छ । पूर्वी चितवनका मिर्गौला पीडित महतलाई असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनिलकुमार क्षेत्रीबाट आर्थिक सहायता प्राप्त भएको हो ।
कालिका नगरपालिका ७ का ६० वर्षीय महतलाई क्षेत्रीले पीडितको घरमै पुगेर १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पीडित महतको दुबै मिर्गौला र मुटुको भल्भमा समस्या भएको बताइएको छ । आर्थिक अवस्था कमजोर भएका महतको उपचारका लागि सहयोग गरिएको क्षेत्रीले बताए ।
क्षेत्रीले यस अघि पनि मिर्गौला पीडितहरुलाई सहयोग गर्दै आएका छन् ।

- ADVERTISEMENT -