काठमाडौँ / देशभरको मौसम क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभर नै बदली तथा वर्षा र माथिल्लो पहाडी क्षेत्रमा हिमपात भएको थियो । तर अहिले मौसम सुधार हुने क्रममा रहेको महाशाखाले जनाएको हो ।
पश्चिम तथा मध्य क्षेत्रका अधिकांश भागमा मौसम सुधार हुँदै गएको र प्रदेश १ तथा लुम्बिनी प्रदेशमा पनि सुधार हुँदै जाने मौसमविद् मञ्जु बासीले बताइन् । उनले पश्चिमतिर मौसम सुधार भइसकेको र अहिले विशेषगरी लुम्बनी, प्रदेश एकमा प्रभाव छ, त्यो पनि सुधार हुँदै जाने बताइन् ।
उनले आज दिउँसो काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा पारिलो घाम लाग्ने बताइन् । हालको मौसमी प्रणाली सुधार हुने क्रममा रहे पनि केही स्थानमा भने बदली तथा वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
अहिले पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।
बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशभर चिसो बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्ले आग्रह गरेको छ ।
- ADVERTISEMENT -

मौसममा क्रमिक सुधार, दिउँसो पारिलो घाम लाग्ने – मौसमविद्

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













