काठमाडौं / नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुलातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।
माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा कलस्टर मिलाएर पूर्ठता दिने तयारी छ । प्रवक्ता कृष्णबहादुर महरा सकभर निर्वाचन गर्नपर्ने अवस्था नआउने बताउँछन् । ‘सहमतिमै नेतृत्व/कमिटी चयन प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
महराले भनेअनुसार माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । कथंकदातित भइहालेमा वा औपचारिकता पुरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २:३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३:४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४:१० सम्म, छानविन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुनप्रकाशन ४:४० सम्म, उम्मेदवारको नाम फिर्ता ५:३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५:४५ बजेसम्म तोकिएको छ ।
निर्वाचन हुने भएमा मतदान ६:२५ देखि राति १०:२५ बजेसम्म गर्ने कार्यक्रम छ ।
आकांक्षी धेरै
खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।
त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ । माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ । -यो खबर राजधानी दैनिक पत्रिकामा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माओवादी आठौं महाधिवेशन : केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














