April 19, 2025

चितवन महोत्सवको तयारी अन्तिम चरणमा

January 6, 2022
- ADVERTISEMENT -

चितवन / चितवनको नारायणि नदि किनारमा आयोजना हुने १३औ सस्करणको चितवन महोत्सबको तयारि अन्तिम चरणमा पुगेको छ । उद्योग बाणिज्य संघ चितवनको आयोजनामा यही पौष २५ गते देखि माघ ०४ गतेसम्म महोत्सवको १३औं संस्करण हुँदैछ।
महोत्सवको ९० देखि ९५ प्रतिशत सम्म काम सपन्न भैसकेको र बाकि काम केहि दिनभित्रै सम्पन्न गरिने मुल व्यवस्थापन समितिका व्यवस्थापक चिरन्जिबि सुबेदिले जानकारि दिनुभयो ।
यस बर्ष महोत्सवको मुख्य आर्कषणमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधिहरु सञ्चालन हुनेछन् । महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु, हस्तकलाका सामाग्री, पोल्ट्रीपरिसर, अटोपरिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, बैंक तथा वित्तिय संस्थाहरु, रेष्टुरेन्ट तथा जनजातिका रहनसहन झल्किने घरहरु रहने उहाले जानकारि दिनुभयो ।
प्रत्येक दुइ दुइ वर्षमा आयोजना हुने यस चितवन महोत्सबले समग्र जिल्लाको कृषि, पर्यटन,शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई महोत्सवमा जोड दिइएको छ।
दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातीहरुको भेषभुषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान पनि रहनेछन् ।कोभिडको जोखिमलाई मध्यनजर गर्दै महोत्सव परिसर भित्र फराकिलो खाली ठाउँ राखि स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पालनाका लागि सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिने बताए ।
महोत्सवको प्रवेशद्धारमा मास्क र सेनिटाइजर राखिनेछ । महोत्सव अवधिभर एम्बुलेन्सको व्यवस्थासहित प्राथमिक उपचार केन्द्र, दैनिक स्वास्थ्य शिविर, निस्शुल्क स्वास्थ्य परीक्षण पनि हुने उनले बताए । महोत्सव अवलोकनका लागि सर्वसाधारण तर्फ ५० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
जेष्ठ नागरिक, एकल महिला, शहिद परिवार र अपाङ्गता भएका व्यक्तिहरुको लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिनेछ ।माघ ४ गतेसम्म चल्ने महोत्सवमा चार वटा बिशेष स्टल र डिमसहित ४५० वटा स्टलहरु रहनेछ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष स्टल संख्या घटाईएको छ । कोभिडको जोखिम कम गर्न फराकिलो खाली ठाउँ राख्नका लागि स्टल संख्या घटाईएको उहाले जानकारि दिनुभयो ।
आन्तरिक तथा बाह्य गरी करिब ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । यस्तै महोत्सव अवधिमा २५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सव व्यवस्थापनका लागि मूल समिति, सल्लाहकार समिति, स्टेरिङ समिति र ३० वटा कार्यगत समिति गठन गरिएको छ

- ADVERTISEMENT -