April 30, 2025

मोटरसाइकलको टयांकीमा ३८ लाख लुकाउने युवक पक्राउ

January 6, 2022
photo : google
- ADVERTISEMENT -

जनकपुरधाम / भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका छन् ।
उनलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको हो । धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको बरामद भएको सशस्त्र प्रहरी निरीक्षक सजय बरालले जानकारी दिए ।
मोटरसाइकलको टयांकीमा बिर्काेको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा उक्त रकम भेटिएको प्रहरील्े जनाएको छ । पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -