२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अफगानिस्तानमा भारी हिमपातले ११ को मृत्यु

प्रकाशित मिति : २०७८ पुष २३ गते
- ADVERTISEMENT -

एजेन्सी / अफगानिस्तानमा भारी हिमपात र बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । यसैगरी २३ जना घाइते भएका छन् । बाढीमा फसेका करिब दस जनाको बुधबार उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।
बाढीले विभिन्न राजमार्ग तथा काबुल इन्टरनेसनल एयरपोर्ट अवरुद्ध पारेको छ । अफगानी मिडियाका अनुसार पहिला हिमपात भई त्यसपछि वर्षा भएको हो ।
देशको करिब ९० प्रतिशत भूभागमा हिमपात, वर्षा र बाढीले असर गरेको अफगानी मिडियाले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -