२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

उपत्यकामा सुरु भयो स्मार्ट लकडाउन, सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य

प्रकाशित मिति : २०७८ पुष २८ गते

काठमाडौँ / काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले स्मार्ट लकडाउन लागू गर्ने निर्णय गरेको हो ।
स्मार्ट लकडाउन गएराति (मंगलबार) १२ बजेदेखि लागू भएको छ । अब घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने, साबुन पानीले हात धुनु पर्ने र स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्नु पर्नेछ । भिडभाड तथा राजनीतिक गतिविधि गर्न पाइने छैन भने सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ ।
यसैगरी सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्नेछ । सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, गाडीको ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज बनाइने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36