April 19, 2025

चितवन महोत्सवको १३औं संस्करण चार दिनमै समापन

January 12, 2022
- ADVERTISEMENT -

नारायणगढ / चितवन महोत्सवको १३औं संस्करण चार दिनमै समापन गरिएको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनको आदेशमा चितवन महोत्सव चार दिनमै समापन गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चौँथो दिनमै महोत्सव समापन गरेका हुन् । समापन कार्यक्रममा उनले अर्को वर्ष १४औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा समेत गरेका थिए ।
महोत्सव मूल आयोजक कमिटीले चारदिनमै महोत्सव स्थगन गरे तापनि स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय यसअघि नै गरी सकेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना महामारीको सङ्क्रमण फैलन सक्ने भन्दै मेला महोत्सव रोक्न निर्देश गरेसँगै चितवन महोत्सवको समापन गरिएको हो । चितवन महोत्सव हरेक वर्ष १० दिनसम्म चल्ने गरेको भएपनि यस वर्ष प्रशासनको आदेशमा चार दिनमै समापन गरिएको हो ।

- ADVERTISEMENT -