२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

नियमित तातो पानी पिउनुका फाइदाहरु

प्रकाशित मिति : २०७८ पुष ३० गते

– नमिता राई
जुनसुकै स्वास्थ्य समस्या आए पनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन् । त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं । यसका फाइदा निम्न छन् :
तौल कम गराउँछ : तपाईंको तौल लगातार बढिरह्यो र धेरै कोशिशपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं आफ्नो स्वास्थ्य राम्रो चाहनुहुन्छ भने खाना खाएपछि एक गिलास तातो पानी खाने गर्नुहोस् ।
चिसो हुनबाट बचाउँछ : यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।
महिनावारीको दुखाइ कम गराउँछ : महिनावारीको दुखाइले प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुखाइलाई कम गर्न सक्छ । साथै तातो पानीले पेटको दुःखाइ पनि कम गर्न मद्दत गर्छ ।
शरीर सफा गराउँछ : तातो पानी पिउनाले शरीर सफा गर्न मद्दत मिल्छ । यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ, जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।
अनुहारमा कलिलोपना आउँछ : तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चिन्ता नलिनुहोस् । आजैदेखि तातो पानी पिउन शुरुवात गर्नुहोस् । केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछन् र चमक पनि बढ्नेछ ।
कपालको लागि फाइदा गर्छ : तातो पानीको सेवन कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउँछ र बढाउन पनि मद्दत गर्दछ ।
पेटलाई दुरुस्त राख्छ : तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि एक गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिट्टै पचाउँछ र पेट हल्का हुन्छ ।
रक्तसञ्चारलाई सन्तुलन गर्छ : शरीर सुचारु रुपमा चल्नको लागि रक्तसञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । यसको लागि तातो पानी पिउनु लाभदायक हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73