March 15, 2025
- ADVERTISEMENT -

देशभर थप ७४७ कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

February 14, 2022

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट ८ हजार ६ सय ९३ जनाको परीक्षण गर्दा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २ हजार ३ सय १९ जना संक्रमण मुक्त भएका छन् । यससँगै ९ लाख ४० हजार ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ ।

- ADVERTISEMENT -