मकवानपुर / लागूऔषधसहित दुई जनालाई पक्राउ परेको छ । ७ ग्राम ६ सय मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरु हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट पक्राउ परेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रा बस्ने २२ वर्षीय थिल्ले लामा तामाङ र हेटौंडा–४ बस्ने २६ वर्षीय अजय घले रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.१९ प ३०४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित दुई युवक पक्राउ
March 6, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
