April 19, 2025

चितवनमा सातौँ कृषि गणना २०७८ को तयारी सुरु

March 18, 2022
- ADVERTISEMENT -

चितवन / चितवनमा कृषि गणना २०७८ तयारी सुरु गरिएको छ । चितवनमा हुन लागेको कृषि गणना २०७८ सातौं भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
विभागको तालिका अनुसार मंगलबारबाट जिल्लामा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरिएको हो । देशलाई नीति बनाउन सहज होस भन्ने हेतुका साथै नेपालमा कृषिको अवस्था थाहा पाउन पनि कृषि गणना गर्न लागिएको हो ।
‘यसबाट समग्र देशको कृषि क्षेत्रको तथ्यांक उपलब्ध गराउने र नीति निर्मातालाई सहयोग पुर्याउने उद्धेश्य हो, कार्यालयका तथ्यांक अधिकृत यज्ञमुर्ति भण्डारीले भने, साथै देशको कृषिको अवस्था र अनुसन्धानकर्तालाई समेत सहयोग पुर्याउंँछ ।’ ‘ कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूल नारा सहित संघीयता पछिको पहिलो कृषि गणना तयारी अनुसार तथ्याङ्क कार्यालय चितवनकोे भवनमा नै कार्यालय स्थापना गरिएको तथ्यांक अधिकृत भण्डारीले जानकारी दिए ।
उनका अनुसार तालिका बमोजिम चैत्र ९ गते जिल्लामा यस क्षेत्रका सरोकारवाला निकाय,विज्ञ, कृषि शिक्षणसंस्था तथा कृषकहरु सहितको सचेतना कार्यक्रम गर्न लागिएको छ । केन्द्रीय तथ्यांक विभागको तालिका अनुसार चितवनमा कृषि गणनाको लागि ६४ जना गणक र १६ जना सुपरिक्षक गरी ८० जना खटिनेछन । गणनाको लागि चैत्र २५ देखि बैशाख २ सम्म तालिम हुने र बैशाख ६ गते देखि जेष्ठको १९ सम्म आर्थिक गणना हुने भण्डारीले बताए ।
आर्थिक गणनामा लगत एक अनुसार केन्द्रीय तथ्यांकले वैज्ञानिककरण विधि बाट गणना क्षेत्र बाट जिल्लामा १७९ गणना क्षेत्र तोकेको छ । यो क्षेत्रमा गणकले सूचीकरणको काम गर्ने र त्यसपछि सुपरवेक्षकले कृषक घरपरिवारको गणनाको छनौट गरिने छ । त्यसपछि लगत दुईमा कृषक घरपरिवारले प्रश्नावली भर्नुपर्ने हुन्छ । प्रश्नावलीमा परिचयात्मक खण्ड, कित्ताअनुसार बालीको क्षेत्रफल , जग्गाको उपयोग र उपभोग , स्थायी बाली र अस्थायी बाली , कृषि वन र माटो परिक्षण, सिंचाई का साथै पशुपंक्षीको गणना गरिने उनले जानकारी दिए ।
लगत ३ मा सामुदायिक प्रश्नावलीहरु रहनेछन । तथ्यांक पछि कृषि क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा दिने योगदानको परिणाम पनि आउने छ । विस २०१८ सालदेखि हरेक १०÷१० वर्षमा कृषि गणना गरिन्छ । संघीयतापछिको यो पहिलो गणना हो । गणना कार्यालय चैत्र १ देखि २०७९ जेठ मसान्त सम्म रहने उनले बताए ।भर्नुपर्ने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले बताए ।

- ADVERTISEMENT -