April 30, 2025

दोस्रो राष्ट्रिय महिला लिग : फराकिलो जित निकाल्दै शिर्ष स्थानमा एपिएफ

March 31, 2022
- ADVERTISEMENT -

चितवन / चितवनको भरतपुरमा जारी दोस्रो राष्ट्रिय महिला लिगको शिर्ष स्थानमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी उक्लिएको छ । पहिलो खेलमा वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै आज बिहीबार एपिएफ शिर्ष स्थानमा उक्लिएको हो ।
एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बाचार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक–एक गोल गरे ।
पहिलो हाफमा एपिएफले २ गोल ग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । वालिङकी गोलकिपरलाई बिट गर्दै अनिताले सहज गोल गरिन् । पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औं मिनेटमा सरु लिम्बुले गोलगर्दै एपिएफलाई २–० को अग्रता दिलाईन् ।
दोस्रो हाफमा साम्बा मैदानप्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदानप्रवेश गरेकी साम्बाले ५१ औंमिनेट व्यक्तिगत गोलको खाता खोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन् ।
६६ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४(० को अग्रता लियो । ७५औं मिनेटमा आर्मीले पाचौं गोल ग¥यो । अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । ७९औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो ।
लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गर्दै एपिएफलाई ७–० को जित दिलाईन् । यो जितपछि एपिएफ ३ खेलबाट ९ अंक बनाउँदै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान खेल खेलेको वालिङ भने अझै अंकविहिन छ ।

- ADVERTISEMENT -