पर्वत / मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ विद्यालय जान थालेकी छिन् । वर्षले ६० पुगेकी गुरुङ स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत छिन् । साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर उनले पूरा गरेकी छिन् ।
‘ऊ बेला पढ्ने उमेरमा पाखपाखै दौडियो’, उनी भन्छन्, ‘अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ।’
विष्णुका श्रीमान् सुकबहादुर गुरुङ मोदी –८ कै वडाध्यक्ष हुन् । श्रीमती विद्यालयमा भर्ना हुनेबारे उनीहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उनको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि उनको कामले अरुलाई प्रेरणा मिल्ने सुकबहादुर बताउँछन् ।
‘स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन । वडाबाट फर्किँदा लौ म त कक्षामा १ मा भर्ना भएर आएँ, भन्नुभयो। म त अचम्ममा परेँ’, उनले भने, ‘यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ ।’
आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ । ‘गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन ।’
विष्णु जिल्लाको नमुना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्छिन्। ’पाहुनाले केही पढ्न दियो भने आफूलाई केही पनि नआउने,’ उनी भन्छिन्, ’मलाई त रमाइलो भइरहेको छ। मेरै कक्षामा पढ्ने नाति नातिनातिना पनि आमा भन्दै झुम्मिन आउँछन् । उनीहरूले पनि नजानेको कुरा सिकाउँछन् ।’
विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थीहरू पनि सिकाइको लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिना बताउँछन् । पुराना पुस्ताका व्यक्तिहरूले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उनको भनाइ छ ।
यो उमेरमा विद्यालय जाँदा कुनै संकोच नलागेको बताउने विष्णु अध्ययनले आफूमा निखार ल्याइरहेको बताउँछिन् । आफू समाजमा उदाहरण बन्ने प्रयास गरेको र अन्य धेरै निरक्षरको प्रेरणा बन्न खोजेको उनको भनाइ छ । (थाहाखबरबाट)
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

साक्षर हुन ६० वर्षका वडाध्यक्षकी श्रीमती कक्षा एकमा भर्ना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.50
179.20

UK Pound Sterling
1
208.41
209.23

Swiss Franc
1
190.79
191.54

Australian Dollar
1
109.66
110.09

Canadian Dollar
1
111.01
111.44

Singapore Dollar
1
120.36
120.84

Japanese Yen
10
9.61
9.65

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.67
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.03
11.07

Swedish Kroner
1
16.14
16.21

Danish Kroner
1
23.88
23.97

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.36
406.95

Omani Rial
1
396.95
398.51












