मकवानपुर / जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९-०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको छ । थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
शुक्रबार नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले पेश गरेको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतरुपमा पारित भएको हो । थाहाले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
थाहाले खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजस्वबाट १९ करोड ७१ लख ५ हजार, राजस्वबाट बाँडफाँडबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्ताबापत् प्राप्त हुने १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
थाहा नगरपालिकाको आ.व. २०७९–०८० मा १ अर्ब ८ करोडको बजेट

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
