![]()
चितवन । मानव जीवनमा स्वास्थ्यभन्दा ठूलो केही पनि छैन । सधैँको दौडधूप र अति व्यस्त जीवनलाई थोरै भए पनि मनोरंजन दिन पाए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ । यी सबैको चाहना पूरा गर्न देश दौहाडमै भरतपुर २ क्षेत्रपुरस्थित चितवन डान्स सेन्टरका मुख्य प्रशिक्षकद्वय रेनु तामाङ र मनोज लामा लागि परेका छन् ।
चितवनमै पहिलो र एकल रुपमा विभिन्न आठ स्थान (हंस मनोरंजन केन्द्र ३ पटक, सनसिटी होटल १ पटक, साइरन क्लब १ पटक, धावन १ पटक, सौराहा पार्क ल्याण्ड १ पटक) मा मुख्य प्रशिक्षक तामाङले जुम्बा कार्यक्रम गरी सकेकी छन् । हिजो (शनिबार) पनि सेन्टरले हेटौंडाको लाम्पुर धापको क्लब वाटर भिल्लामा एक्वा जुम्बा (संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायाम) कार्यक्रम सम्पन्न गरेको छ भने योसँगै नवौं पटक भएको हो ।
मुख्य प्रायोजक आरएस लाइफस्टाइलस हेटौंडा रहेको उक्त जुम्बामा एक सय बढीको सहभागिता रहेको डान्स सेन्टरका मुख्य प्रशिक्षक रेनु तामाङले जानकारी दिएकी छन् । अक्वा जुम्बाले स्वास्थ्य सँगसँगै मानसिक तनावलाई पनि फाइदा हुने उनले बताइन् । स्वास्थ्यभन्दा ठूलो धन केही नभएकोले जुम्बा ब्यायामलाई निरन्तरता दिन सबैलाई उनले आग्रह गरेकी छन् । मानव जीवनमा रमाइलो र व्यस्त जीवनका लागि स्वस्थ रहन एक्वा जुम्बाले ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।
हेटौंडामा जुम्बा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै पुनः आयोजना गर्न आग्रह समेत गरिएको उनले भनिन् । सेन्टरका अर्का मुख्य प्रशिक्षक मनोज लामासहित १० जना प्रशिक्षकहरुले पहिलो पटक विभिन्न नेपाली जनजातिका लोकनृत्यमा एक्वा जुम्बा गराएका थिए । यसअघि सेन्टरले अंग्रेजी र हिन्दी गीतमा एक्वा जुम्बा गराउँदै आएका थिए ।
कार्यक्रममा एक्वा जुम्बा, स्वीमिङ पुलमा म्यूजीकल बल, दौड, क्वीज कन्टेष्ट प्रतियोगिता गरिएको थियो भने उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरिएको हो । विशेष सहयोगी सैनसूयी जापानीज लैंङग्युज इन्स्टिच्यूट रहेको कार्यक्रममा सानूमाया मानन्धर, एस डान्स कम्पनी, फ्युजन डान्स र ड्रेस हाउस, सिर्जना कला केन्द्र, सुस्माज ब्यूटी केयर चितवन लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम तीन घण्टासम्म चलेको थियो भने अबको एक्वा जुम्बा बुटवल हुने सेन्टरले जनाएको छ । पछिल्लो समय एक्वा जुम्बाको माग बढ्दै गएको पाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

एक्वा जुम्बाप्रति आकर्षण बढ्दै, अबको पालो बुटवल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39














