चितवन / चितवनका पत्रकार कृष्ण आचार्यमाथि भएको सांघातिक आक्रमणको समाजवादी प्रेस संगठन चितवन शाखाले घोर भत्र्सना गरेको छ । नेपाली विद्युत प्राधिकरण भरतपुरका कर्मचारीद्वारा आचार्यमाथि भएको सांघातिक आक्रमणको संगठनले शनिबार एक विज्ञप्ति जारी गर्दै घोर भत्र्सना गरेको हो ।
विज्ञप्तिमा संगठनका जिल्ला अध्यक्ष टिकादत्त तिमिल्सेनाले दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय नदिएमा चुप लागेर नबस्ने समेत चेतावनी दिएको छ ।
‘नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरका कर्मचारीहरुले सरकारी कार्यालयलाई जाँडको भट्टि बनाएर मदिरा सेवन गरिरहेको अवस्थामा कार्यालय परिसरमा रिपोर्टिङका लागि गएका पत्रकार कृष्ण आचार्यलाई गाली गलौज गरेको साथै शरीरमा चोट हुने गरी कुटपिट गरेकोले हाम्रो संगठन घोर भत्र्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
समाजवादी प्रेस संगठन चितवनद्वारा पत्रकार आचार्य माथि भएको आक्रमणको निन्दा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
