May 1, 2024

रत्ननगरमा खोप तथा मातृशिशु सेवा केन्द्र उद्घाटन

July 18, 2022

रत्ननगर / रत्ननगर नगरपालिका वडा नं १ का खोप तथा मातृशिशु सेवा केन्द्रको आइतवार उद्घाटन गरिएको छ । वडाध्यक्ष कुलप्रसाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन गरेका हुन ।
प्रमुख अतिथि समेत रहेका सापकोटाले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप र परीक्षणका लागि सेवा केन्द्र स्थापना गरिएको बताए ।
आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताको लागि खोप केन्द्र सञ्चालनमा आएको उनको भनाइ थियो । स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी खोप सेवा सञ्चालन आएको बताए ।
कार्यक्रममा वडा सदस्य उमादेवी पौडेल, नेकपा एमालेका दोवराज खत्री, नेपाली काँग्रेसका काशिनाथ पौडेल, माओवादी केन्द्रका विष्णु पौडेल, बकुलहर माविकी प्रधानाध्यापक कमला ढकाललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु गिरिराज लम्साल, विन्दु मगराती, सुर्यविक्रम चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -