September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विद्युतका कर्मचारीको चितवन प्रशासन धर्ना, कार्यालयको सबै काम ठप्प

July 19, 2022

चितवन / नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख सहित अन्य कर्मचारीसमेत गिरफ्तार भएको भनी मंगलबार कार्यालयको काम ठप्प पारिएको छ ।
आफ्ना कर्मचारीलाई झुठा मुद्दा लगाएको भनी अन्य कर्मचारीले विरोध स्वरुप काम रोकेका हुन् । उनिहरूले चितवन प्रशासनमा धर्ना समेत दिएका छन्।कर्मचारी माथि झुट्टा मुद्दा लगाईएको भन्दै रिहाईको लागी नाराबाजी समेत गरेका छन् ।
असार ३१ गते कार्यालयमा सूचना संकलनका लागि पुगेका पत्रकार कृष्ण आचार्यमाथि कुटपीट गरेको आरोपमा विद्युत् कार्यालयका ८ जना कर्मचारी प्रहरी नियन्त्रणमा छन् । उनीहरुविरुद्ध अभद्र व्यबहारमा मुद्दा दर्ता भएको छ ।