हेटौंडा / नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु भएको छ । प्रेस युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था हो । देशभरबाट १६ सय प्रतिनिधि सहभागी रहेको छ ।
नवौं महाधिवेशनको उद्घाट्न प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका हुन् । महाधिवेशनमा संस्थापन र इतर समूह प्यानल बनाएरै निर्वाचनमा होमिने भएका छन् । अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
उदघाटन समारोहपछि सुरु हुने बन्दसत्रमा संस्थाको विधान, महासचिवको प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी एजेण्डाका विषयमा छलफल हुनेछ । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, धनराज गुरुङ, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगाएतको आतिथ्यता रहेको छ ।
प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन सुरु, १६ सय सहभागी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
