एजेन्सी / भारतमा ६८औं नेशनल फिल्म अवार्ड घोषणा भएको छ । शुक्रबार भएको घोषणामा अजय देवगन र दक्षिण भारतीय फिल्मका अभिनेता सूर्या उत्कृष्ट भएका छन् ।
उक्त नेशनल फिल्म अवार्डमा अजयले ’तान्हाजी द अनसङ्ग वरियर’का लागि बेस्ट एक्टर अवार्ड जित्दा सूर्याले ’सोरारई पोटरु’का लागि जितेका हुन् । यो फिल्मले अन्य पाँच विधामा पनि अवार्ड जितेको छ । उत्कृष्ट फिचर फिल्मको विधा पनि तमिल भाषाको यही फिल्मले जित्यो । यही फिल्मकी अभिनेत्री अर्पणा बालमुरलीले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।
- ADVERTISEMENT -

यस्तै उत्कृष्ट हिन्दी फिल्म भने ’तुलसीदास जुनियर’ रह्यो । पपुलर फिल्मको अवार्ड पनि तान्हाजीले नै जित्यो । उत्कृष्ट संगीत निर्देशनको अवार्ड भने विशाल भारद्वाजले जिते । फिल्म ’१२३२ किलोमिटर’का लागि ।
कोरोना महामारीबाट सिर्जित अवस्थाका कारण यसवर्ष सन् २०२० का फिल्मलाई अवार्ड दिइएको थियो ।


















































