२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोनापछि चितवन निकुञ्जमा घुम्ने पर्यटकको संख्यामा बृद्धि

प्रकाशित मिति : २०७९ श्रावण ७ गते

चितवन / देशकै उत्कृष्ट एवम् विश्वमा परिचित चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा बृद्धि भएको छ । कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र कोरोनाको असर कम हुँदै जाँदा पर्यटक आगामन बढेको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले दिनुभएको गत आर्थिक वर्ष २०७८÷०७९ को तथ्याङ्क अनुसार १ लाख ९० हजार ४५८ जनाले निकुञ्ज घुमेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

जसमा विदेशी पर्यटक मात्रै १४ हजार ८०८ जना छन् । ८ हजार २८ पुरुष र ६ हजार ७८० जना महिलाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका हुन् । त्यस्तै सार्क मुलुकबाट १९ हजार ९७९ जना पर्यटकले निकुञ्ज घुमेका छन् । १० हजार ८४९ जना पुरुष र ९ हजार १३० जना महिला छन् ।

त्यस्तै सवैभन्दा धेरै आन्तरिक पर्यटकले विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज घुमेका छन् । तथ्याङ्क अनुसार १ लाख ५५ हजार ६७१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका छन् । जसमा ८० हजार ३९४ पुरुष र ७५ हजार २७७ जना महिला रहेका छन् ।

१२ महिनामध्ये सवैभन्दा धेरै पर्यटक बैशाख महिनामा आएका छन् । जहाँ आन्तरिक सहित सवै देशका गरेर २५ हजार ३३९ जनाले निकुञ्ज घुमेका छन् भने सवैभन्दा थोरै संख्यामा आएका पर्यटक श्रावणमा रहेको छ । जम्मा १ हजार ९०६ जनाले मात्रै निकुञ्ज घुमेका थिए ।

कोरोना महामारी पछि थलिएको पर्यटन क्षेत्रलाई माथि उठाउन आन्तरिक पर्यटकले ठूलो भूमिका खेलेका छन् । तथ्याङ्क अनुसार आर्थिक वर्षको सुरुवातमै १ हजार ८४९ आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए जवकी सो समय सार्कका ३७ जना र विदेशी २० जना थिए ।

त्यसपछिका महिनामा पनि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको देखिन्छ । कोरोनाले घरमै थुनिएर वस्न वाध्य उनीहरु खुकुलो भएसँगै निकुञ्जमा घुमेर रमाउन थालेका थिए ।

यसरी भएको पर्यटक आगमनका कारण निकुञ्जले गत आर्थिक वर्षमा मात्रै पर्यटन शुल्कबाट ७ करोड २९ लाख ४५ हजार ६५० रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सवैभन्दा धेरै वैशाख महिनामा १ करोड ४१ लाख ९१ हजार आम्दानी गरेको छ ।

त्यस्तै निकुञ्जले ती पर्यटकले गरेको जीप सफारीबाट २ करोड ७८ लाख ८० हजार आम्दानी गरेको छ । आर्थिक वर्षको सुरु श्रावण र भदौमा शुन्य जीप सफारी रहेको निकुञ्जमा असोजबाट जीप सफारी सुरु भएको थियो । जीप सफारी भएको सुरु महिनामा ९ लाख आम्दानी भएको छ ।

निकुञ्जमा विश्वमै दुर्लभ एक सिङ्गे गैँडा, बाघ, हात्ती, चितुवा, विभिन्न प्रजातिका चराचुरुङ्गी, गोही, अर्ना लगायतका जनावर हेर्न पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39