काठमाडौँ / नेपाली कांग्रेस निकट संगठन नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन शुक्रबारदेखि हेटौंडामा जारी छ । जारी महाधिवेशनले प्रेस युनियनको नयाँ नेतृत्वसहित अन्य पदाधिकारी चयन गर्नेछ ।
उक्त महाधिवेशनमा सभापतिसहित ८७ पदका लागि १ सय ७३ ले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदका लागि संस्थापन पक्षबाट अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल चुनावी मैदानमा छन् ।
- ADVERTISEMENT -











































