चितवन / चितवनको एक मात्र इच्छाकामना गाउँपालिकाले टोल–टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।
गाउँपालिकाले वृद्धवृद्धाको सहजताका लागि बैंकसँग समन्वय गरेर हरेक वडाको टोलटोलमै कर्मचारी र जनप्रतिनिधि पठाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर गुुरुङले बताउनुभयो ।
सरकारले उक्त भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गर्नुपर्ने नियम लगाएपछि धेरैजसो बैंकमा भत्ता बुझ्ने बेला ज्येष्ठ नागरिक लामो समयसम्म लाइन बस्नुपर्ने हुँदा निकै कष्ट व्यहोर्नुपरेको थियो ।
विशेषगरेर भौगोलिक विकटताका कारण ज्येष्ठ नागरिकलाई घण्टौँ हिँडेर बैंकसम्म पुग्न कठिनाइ भएकामा टोलमै भत्ता वितरण गर्ने व्यवस्था मिलाइएपछि सहज भएको उहाँले जानकारी दिनुभयो। अध्यक्ष गुरुङले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई घण्टौँसम्म लाइन बस्नुपर्दा निकै कष्ट व्यहोर्नुपर्ने हुन्छ, वर्षायाममा ग्रामीण भेगमा सडकसमेत सञ्चालन नहुने भएकाले घण्टौैँ हिँडेर बैंकसम्म जानुपर्ने बाध्यतासमेत रहेको थियो ।”
गाउँमै भत्ता वितरण गरेपछि लाभग्राही पनि खुसी भएका छन् । वृद्धभत्ता बुझेपछि वडा नं ३ का रत्नबहादुर गुरुङले यसअघि बैंकमा पुगेर घण्टौँ लाइनमा बस्नुपरेको बताउनुभयो । आफ्नै घर नजिक गाउँटोलमा आएर भत्ता वितरण गरेकामा उहाँले जनप्रतिनिधिलाई धन्यावाद दिनुभयो ।
उक्त गाउँपालिकामा ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ«े बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ । –रासस
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

इच्छाकामनाका टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












