सर्लाही / रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पुर्व–पश्चिम लोकमार्ग अवरूद्ध बनाइएको छ ।
बिहीबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्कारबाट बागमतीबाट रौतहटतर्फ जादै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरूषको मृत्यु भएको थियो भने एक महिला गम्भीर घाइते भएकी थिइन् ।
सोही घटनाका मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दे पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन् । उनीहरूले लोकमार्गस्थित पुतली चोकमा टायर बालेर बिरोध प्रदर्शन गरेको इलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ ।
विरोधमा उत्रिएका उनीहरूले सडकमा अटो तेर्सायर अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध हुँदा पुर्व पश्चिम लोकमार्गमा यात्रारत सयौं यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमतिपश्चात सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सडक खुलेसँगै सडकमा अलपत्र यातायात र यात्रु गन्तब्यतर्फ लागेका छन् ।
दुर्घटनाका अटो चालक सर्लाहीको बागमती नगरपालिका–५, टेकानी बस्ने रवि मगर, अटोमा सवार ढंकबहादुर लुंगेली मगर र प्रेम ठाडामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सोही दुर्घटनामा परेर ढकबहादुरकी श्रीमती सविना लुंगेली मगर समेत गम्भीर घाइते भएकी छिन् । उनको रौतहटकै अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेका सबै मृतक एकै गाउँको रहेको स्थानीयले जनाएका छन् । एकै गाउँका तीन जनाको दुर्घटनामा ज्यान गएको खबरपछि गाउँ शोकमा डुबेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

क्षतिपुर्ति माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39













