September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

rtfgvbदुई लाख ५० हजार विरुवा वितरण, ५० प्रतिशत पनि जोगाउनै मुश्किल

August 19, 2022

चितवन / जिल्लामा हरेक वर्ष २ लाख भन्दा बढि बिरुवा रोप्ने गरिएको छ । ती रोपिएका बिरुवाहरु कति हुर्कीए र कति मरे भन्ने तथ्याङ्क कसैसंग छैन । यध्यपि धेरै बिरुवा मर्ने गरेको सुन्ने गरिन्छ । डिभिजन वन कार्यालय चितवनबाट मात्रै यो वर्ष २ लाख ५० हजार बिरुवा सर्बसाधारणका लागि बितरण गरिएको छ । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार यहाँ उत्पादीत बिरुवा लानेमा अधिकांश व्यक्ति रहेका छन् । ८० प्रतिशत व्यक्तिले बिरुवा लाने गरेका छन् भने २० प्रतिशत संस्थाले लाने गरेका छन् ।
व्यक्तिले लैजाँदा सामान्य २/P[;’\/४ वटा लाने भएकाले ती बिरुवा हुर्कन्छन भने संस्थाहरुले धेरै बिरुवा लैजाँदा ती स्यहार सुसारका कारण हुर्कन कठिन हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यहाँबाट लगिएका बिरुवामा ६५ प्रतिशत बच्यो भने बृक्षारोपण सफल भएको मानिन्छ तर ५० प्रतिशत पनि बच्न कठीन हुने गरेको छ ।” बिरुवा लैजानेमा आमा समुह, सामुदायीक वन, टोल सुधार संस्था, रोटरी क्लव, लायन्स क्लब, कबुलियती वन, बिभिन्न व्यवसायीक संस्था, व्यवसायी र व्यक्तिहरु रहेका छन् ।
वन कार्यालयले तेजपात, टिक, सितल चिनी, म्याङ्गोस्ट्रिक, कपुर, धुपी, निम लगाएतका ३९ जातका बिरुवा उमारेर बिक्रि बितरण गरेको थियो । यस वर्ष सबैभन्दा बढि बिरुवा लगेको मल्ल कृषि फर्म रत्ननगरमा अहिले जम्म १५ प्रतिशत बिरुवा मात्रै बाँचेको छ । सो फर्मले ६ हजार ५ सय बिरुवा लगेको थियो । अहिले जम्मा एक हजार बिरुवा मात्रै बाँचेको फर्मका संञ्चालक बिक्रम मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “बिरुवा सानो भयो र बिरुवा रोपे पछि पानी प¥यो, जसले गर्दा बचाउन सकिएन ।” डिभिजन वन कार्यालयले राम्रो काम गरेको भए पनि रोपी सके पछि विरुवा बचाउन मुस्किल हुने गरेको उहाँको भनाई छ ।
यस्तै ४ हजार ५ सय बिरुवा लगेको अविनास ह्याचरीमा अहिले एक हजार हाराहारी बिरुवा मरेका छन् । ह्याचरीका कर्मचारी गोपी न्यौपानेका अनुसार बिरुवा रोप्नका लागि खाल्डा तयार परिएको ठाउँमा लगाईएका बिरुवा सरेको भए पनि तत्काल तयार पारिएको खाल्डामा लगाइएका बिरुवा मर्ने गरेका छन् । उहाँले भन्नुभयो “बिरुवा लगाउनका लागि करिब १५ दिन अघि खाल्डो तयार पर्नुपर्ने रहेछ ।” अहिलेको बिरुवाले आँफुहरुलाई पाठ सिकाएको उहाँले बताउनुभयो ।
नवजागृती सामुदायीक वन भरतपुर ११ ले १ हजार ९३५ बिरुवा लगेर उपभोक्तालाई बितरण गरेको छ । ती बिरुवा लगे पछि उपभोक्ताको गुनासो नआएको कार्यालयका सचिब कृष्ण पोख्रेलले बताउनुभयो । बिरुवा बचेको या मरेको भन्ने बिषयमा भने अनुगमन नभएको उहाँले जानकारी दिनुभयो । घर अगाडी लगाएको बिरुवा होस् या बारीमा लगाएको बिरुवा होस् यसको हेरचाह राम्रो संग नहुँदा मर्ने गरेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालका अनुसार धेरै बिरुवा लैजानेहरुले लगाउने समयमा प्राबिधिक कुराहरुमा ख्याल नगर्दा, धेरै बिरुवा हुँदा हेरचाहा नपुगेर बिरुवा मर्ने गरेको बताउनुभयो ।
बिरुवा लगाएको कतिपय ठाउँमा भौतिक संरचनाहरु निर्माण र जग्गा खण्डीकरण हुने हुँदा समेत रोपिएका बिरुवा बचाउन कठिन हुने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “हरेक वर्ष बिरुवा उत्पादनका लागि रु २० देखि २५ लाख खर्च हुन्छ ।” यो खर्च नर्सरी मर्मत बाहेकको हो । उत्पादीत बिरुवा बितरण पछि बचाउन नसक्नु समस्याको रुपमा रहेको उहाँले जानकारी दिनुभयो ।ं