भरतपुर / युवा तथा खेलकुद मन्त्रालयले खेलाडीहरुलाई प्रतिबन्धित औषधि प्रयोग नगर्न आग्रह गरेको छ । भरतपुरमा आयोजित खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग एवम् विधि विरुद्धको अन्र्तक्रियामा बोल्दै मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले देशभरका खेलाडीहरुलाई प्रतिबन्धित औषधि प्रयोग नगर्न देशव्यापी प्रशिक्षण अभियान चलाइएको बताए ।
‘प्रतिबन्धित औषधि प्रयोग गर्दा स्वयम् खेलाडी र देशकै प्रतिष्ठा गुम्ने खतरा हुन्छ’, उनले भने, ‘खेलाडी, प्रशिक्षक, खेलका सरोकारवाला संस्थाहरुलाई यस्ता गतिविधि नगर्न सचेत गराउन थालेका छौँ ।’
स्वच्छ खेल बनाउन विगत २ वर्षदेखि अभियान चलाइएको बताए । यो वर्ष ७ सय जना खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रका संस्थाहरुलाई तालिम दिने लक्ष्य रहेको बताए
‘प्रतिबन्धित औषधिहरुको नेपालीकरण गरेर सूचीनै सार्वजनिक गर्ने योजनामा छौँ’, उनले भने, ‘खेलाडी धेरै भएका क्षेत्रमा अभियान चलाइसक्यौँ, अब केही महिनाभित्रै खेलाडी कम भएका क्षेत्रमा पनि अभियान चलाउनेछौँ ।’
खेलाडीमा अप्राकृतिक रूपमा शक्ति बढाउन प्रतिबन्धित औषधि प्रयोग गर्नेक्रम बढेको छ । अर्थोपेडिक्स तथा ट्रमा सर्जन डाक्टर ज्ञानेन्द्र शाहले खेलाडीले प्रतिबन्धित औषधि आफ्नो साथमा राख्दा या प्रयोग गर्दा, डोपिङ टेस्टमा बाधा पु¥याउँदा र आफू कहाँ छु भन्नेबारे जानकारी नदिँदा पनि डोपिङमा पर्ने बताए । खेलाडीले सफलताको आशा, ख्यातिसँगै आर्थिक समृद्धि हासिल गर्न डोपिङ गर्ने गरेका छन् ।
प्रतिबन्धित औषधि प्रयोग गरेको दुई वर्षसम्म पनि डोपिङ टेस्ट पोजिटिभ आउने भएकाले खेलाडीको करियरमा दाग लाग्न नदिन बेलैमा सतर्क बन्नुपर्नेमा जोड दिए । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले खेलाडीलाई स्वच्छ खेलकुदका गतिविधिमा लाग्न प्रोत्साहित गर्नुपर्ने बताए ।
उनले नियतवस वा भूलबस प्रतिबन्धित औषधि प्रयोग गर्ने अवस्था आउन नदिन अभियान चलाउनुपर्नेमा जोड दिए । अन्र्तक्रियामा चितवन, नवलपुरका विभिन्न विधाका खेलाडी, प्रशिक्षक, संस्थाका ४० बढीको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष उत्तम गुरुङ, कार्यालय सचिव रामजी ढकाल लगायतले मन्तव्य राखेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

खेलाडीहरुलाई प्रतिबन्धित औषधि प्रयोग नगर्न देशव्यापी प्रशिक्षण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39














