काठमाडौं / नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।
यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।
भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । च्यापियनसीपमा भुटान समूह ‘बी’ मा रहेको छ । भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन् ।
उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन ।
साफ च्याम्पियनसीप खेल्न भुटानको टोली नेपालमा
August 25, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
