भरतपुर / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नेपाल पत्रकार महासंघ चितवनलाई ज्ञापनपत्र बुझाएको छ । फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै भएको दाबी गर्दै बिहीबार शाखा मार्फत केन्द्रलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल पत्रकार महासंघले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । आदिवासी जनजाति पत्रकारहरूले भने सत्यनारायणबहादुर श्रेष्ठ नै संस्थापक अध्यक्ष भएको दाबी गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ ।
नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै फोनिजले देशभरका सबै जिल्ला शाखामार्फत आज बुझाएको हो । फोनिजको केन्द्रीय समितिले गरेको निर्णयानुसार फोनिजको चितवन शाखाले पत्रकार महासंघको चितवन शाखालाई ज्ञापनपत्र बुझाएका हुन् ।
पत्रकार महासंघले वास्तविकताविपरीत निर्णय गरी तत्कालीन नेपाल पत्रकार संघको केन्द्रीय अध्यक्ष भट्टराई हो भन्दै आदिवासी जनजातिमाथि अन्याय गरेको फोनिजको ठहर छ । विगतका इतिहास र विभिन्न खालका तथ्य–तथ्यांकले पनि पत्रकार महासंघको अध्यक्ष श्रेष्ठ नै भएको फोनिजले बताउँदै आएको छ ।
वि.सं. २०१२ चैत १६ गते तत्कालीन अवस्थामा ‘नेपाल पत्रकार संघ’ पुनर्गठन भएपछि बल्ल कृष्णप्रसाद भट्टराई सभापति बनेको फोनिजले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ,– वि.सं.२००८ साल वैशाख ९ गतेको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको इतिहास छ ।
फोनिजसँग भएको तथ्यांकबारे जानकारी गराउँदै फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले भने, ‘२००९ साल वैशाख २८ गते पुनः श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ गठन भएको पाइन्छ । त्यसैले सत्यनारायणबहादुर श्रेष्ठ नै नेपालको पत्रकार महासंघमा संस्थापक अध्यक्ष भएको उनको भनाइ थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पत्रकार महासंघलाई ज्ञापनपत्र, संस्थापक अध्यक्ष श्रेष्ठ भएको दावी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.57
153.17

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
207.09
207.91

Swiss Franc
1
189.29
190.04

Australian Dollar
1
109.48
109.91

Canadian Dollar
1
109.89
110.33

Singapore Dollar
1
119.94
120.41

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.64
40.80

Qatari Riyal
1
41.85
42.02

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.54
41.71

Malaysian Ringgit
1
37.83
37.98

South Korean Won
100
11.03
11.08

Swedish Kroner
1
16.00
16.06

Danish Kroner
1
23.76
23.85

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
497.21
499.17

Bahrain Dinar
1
404.69
406.28

Omani Rial
1
396.30
397.86









