२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभरि नै विकास र सम्बृद्धिको सन्देश दिने प्रचण्डको संकल्प

प्रकाशित मिति : २०७९ भाद्र १८ गते
file photo.

चितवन / नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास र सम्बृद्धिको एउटा नयाँ सन्देश दिने आफ्नो संकल्प रहेको बताउनुभएको छ । नेपाल बिद्युत प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृीढिकरण कार्यको आज यहाँ शिलन्यास गर्नुहुँदै आफ्नो संकल्पलाई चितवन बासी दाजुभाई दिदिबहिनीहरुको निरन्तर सहयोग रहने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।
आफूले यहाँको जनप्रतिनिधि, पूर्वप्रधानमन्त्री र पार्टीको नेताको हैसियतले यहाँबाटै देशभरीनै बिकास र सम्बृद्धिको सन्देश दिने संकल्प लिएको बताउनुभयो ।
पार्टीका नेता मात्रै नभएर जनताले हेर्ने चाहना बिकास र सम्बृद्धिनै भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा, स्वास्थ्य, रोजगारी, जनताको सुरक्षालाई पाटीहरुले, सरकारले वा संस्थाहरुले कतिको ध्यान दिए वा दिएनन् भन्ने कुरानै जनताको चाहना रहेको छ ।” बिकास, सुरक्षा र सम्बृद्धिको यो महान यात्रालाई भरतपुर बासीले मनन गर्दै स्थानीय निर्वाचनमा जनताले प्रमाणीत गरेर देखाएको दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो “स्थिति हामी अगाढी छर्लङ्ग छ । संघ र प्रदेशको निर्वाचनमा बिकास र सम्बृद्धिलाई अघि वढाउने कुरालाई जनताले रोज्ने छन् ।” उहाँले थप्नुभयो “दाजुभाई दिदिबहिनीहरुले जसले बिकास र सम्बृद्धिलाई गति दिन सक्छ त्यसलाई रोजेको तथ्य प्रमाणीत भएको छ ।
मलाई बिश्वास छ आउने निर्वाचनमा पनि जनताको रोजाई बिकास र सम्बृद्धि हुने छ ।” भूमिगत बिद्युतीकरणले जनताको सुरक्षा र नगरको सौन्दर्यता बढाउने उहाँको भनाई थियो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको ठूलो प्रयास र समन्वयका कारण छिटो काम सुरु भएको भन्दै ठेकेदार कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गर्नुभयो । यो परियोजना महानगर भित्रको महत्वपूर्ण परियोजना भएकाले साथ र सहयोग पु¥याउन सबैमा अनुरोध गर्नुभयो ।
सोही अबसरमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले यो परियोजना यहाँ सम्म आइपुग्न समय लागेको भन्दै अबको दुई वर्षमा काम सम्पन्न हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो । आँफु पहिलोपटक कार्यकारी निर्देशक हुँदा ऋण खोजेर कर्मचारीलाई तलब खुवाउनु पर्ने परिस्थितिमा गएको प्राधिकरणले अहिले रु १६ अर्ब नाफा गरेको बताउनुभयो ।
अहिले दैनिक १० देखि १२ करोडको बिद्युत बिक्रि गरिरहेको भन्दै उहाँले बिद्युतीय उपकरणहरुको प्रयोग गरि खपत वढाईदिन आग्रह गर्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले यो परियोजनाले नगरबासीलाई गुणस्तरीय बिद्युत सेवा दिन सहज हुने बताउनुभयो ।
भरतपुरको पुलचोक देखि गोन्द्राङ सम्मको ६ लेन सडक र बाईपास सडकमा भूमिगत बिद्युतीकरण गर्न लागिएको हो । निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडलाई परेको छ । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत बिद्युतीकरणको काम गर्ने छ ।
परियोजनाका इन्जिनियर बिनोद सापकोटाका अनुसार अमेरिकि डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँदछ । यो रकम भरतपुर र पोखरामा अधा आधा खर्च हुने छ ।
भरतपुर बाइपास सडकको पुरै र ६ लेनको पुलचोक देखि केन्द्रिय बस ट्रमिनल सम्म सबै तार भूमिगत गरिने छ । बसपार्कबाट गोन्द्राङ् सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ । सम्भौतामा काम गर्दा खनिएका सडक मर्मत गर्नुपर्ने उल्लेख भएकाले सडक बिग्रन नपाउने उहाँले जानकारी दिनुभयो । सन् २०२२ जनवरीबाट लागु हुनेगरि निर्माणको सम्झौता भएको छ ।
सन् २०२४ को जनवरी सम्ममा काम सम्पन्न गर्नुपर्ने हुन्छ । भरतपुरका दुई सडक गरि ११ किलोमिटर क्षेत्रमा बिद्युत भूमिगत गर्न लागिएको हो । यो कामको प्राधिकरणका तर्फबाट परामर्शका रुपमा पावर ग्रिड कम्पनीले हरेरीरहेको छ । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45