२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

मानव वेचबिखनको उच्च जोखिममा शहरी क्षेत्र र शिक्षित परिवार

प्रकाशित मिति : २०७९ भाद्र २१ गते
Photo : Halkaro

चितवन / तीनै तहको सरकार, मानव वेचबिखन बिरुद्धको सरोकार भन्ने नाराका साथ चितवनमा पनि मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १६ औ राष्टिय दिवसको अवसरमा कानुनी सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन गरिएको छ ।
चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको संस्था हाम्रो भरोसा नेपाल, आशिष सामाजिक सेवा नेपाल र महिला शशक्तिकरण तथा परिवर्तनशिल समाज चितवनको संयुक्त आयोजना गरिएको सचेतना मुलक कार्यक्रम बडा नं ९ भित्रका टोल विकास संस्था र आमा समुहका अध्यक्ष तथा प्रतिनिधिहरुलाई मानव वेचबिखन बिरुद्ध सचेत बनाउने उदेश्यले आयोजना गरेको आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतीथी जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, एसपी नवराज अधिकारीले शहरी क्षेत्र र शिक्षीत परिवार समेत मानव बेचबिखनको उच्च जोखीममा रहेकाले हामी सबै जना सचेत हुनुपर्ने बताउनु भयो ।
उच्च महत्वकाक्षा र देखासीखीका कारण कलिलै उमेरका छोराछोरीलाई बैदेशिक रोजगारमा पढाउने प्रवृति बढ्दै गएको भन्दै उहाँले बैदेशीक रोजगारका नाममा अधिकांश घरका सदस्यहरु बेचबिखन र हिंसाको उच्च जोखिममा रहेको तर्फ सचेत गराउनु भयो ।
अघिल्लो आर्थिक बर्षमा चितवनमा ३ बटा मात्र मानव वेचबिखनको घटना दर्ता भएको भएपनि चितवन बेचबिखनको टान्जीट पोइन्टको रुपमा विकास भैरहेकोले मानव वेचबिखनका घटनाप्रति प्रहरी र संघसंस्था मात्र नभई हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
बडा नं ९ का अध्यक्ष यमलाल कडेलले शहरी क्षेत्रमा बसाईसराई गरि आउने र भाडामा वस्ने मानिसहरुको लेखाजोखा राख्न नसकीएकोले पनि हिंसा, मानव वेचबिखन र लागु औषध दुव्र्यसनीका घटना बढेको पाईएको भन्दै सहभागीहरुलाई सचेत बन्न आग्रह गर्नुभयो ।
वडा भित्र मानव वेचबिखन बिरुद्धको अभियान संचालनका लागी सहयोग र सहकार्य गर्न तयार भएको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता पौडेलले बैदेशिक रोजगारमा जानुपुर्व सरकारले तोकेका मापदण्ड पुरा गरेर अगाडी बढ्न सके संभावित जोखिमबाट धेरै हदसम्म बच्न सकिने बताउनु भयो ।
यसका लागी सरकारले राहदानी बनाउने स्थानमा नै यसको जानकारीका लागी व्यवस्था गरेको समेत उहाँले बताउनु भयो । महिला शशक्तिकरण तथा परिवर्तनशिल संस्थाका अध्यक्ष संगिता भट्टराईले मानव बेचबिखन बिरुद्धको अभियानमा सबै संघ संस्था र स्थानिय निकायको समन्वय अपरिहार्य भएको बताउनु भयो ।
कार्यक्रमको सभापति तथा हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालले मानव वेचविखन प्रभावितहरुलाई समाजमा पुर्नस्थापना गर्नका लागी सहज वातावरण नबनेकाले प्रभावितहरु पुन बेचबिखनको शिकार बन्ने गरेको भन्दै बेचबिखन प्रभावितहरुलाई समाजले गर्ने व्यवहार परिवर्तनका लागी पनि बेचबिखन बिरुद्धको सचेतना कार्यक्रम आवश्यक भएको भन्दै प्रभावितहरुलाई नै वेचबिखन बिरुद्धको अभियानमा सरिक बनाउन बिभिन्न किसीमका कार्यक्रम आयोजना गर्ने गरेको बताउनु भयो ।
कार्यक्रमको प्रशिक्षण सत्रमा मानव बेचबिखन बिरुद्द काम गर्ने विभिन्न अभियानमुलक संघ संस्थाको तर्फबाट बिषय बस्तुको उठान गर्दै हाम्रो भरोसा नेपालका संस्थापक सुरेन्द्र चापागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अधिबक्ता गोपिलाल देवकोटाले कानुनी बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा १०० जना भन्दा बढी स्थानियको सहभागीता रहेको थियो ।कार्यक्रममा आशिष सामाजिक सेवा नेपालका अध्यक्ष कल्पना सेन्चुरी, माईती नेपालका चितवन जिल्ला प्रमुख ईश्वर गीरी, मन्जु श्री असाहय संरक्षणकी अध्यक्ष मन्जु खाणले चितवनमा मानव वेचबिखन र लैगींक हिंसा न्युनिकरणमा सम्पुर्ण संघ संस्थाहरुले समन्वयत्मक तवरले काम गर्दैै आएको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73