मकवानपुर / बागमती प्रदेश सरकारले आज बुधबार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा दिएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको न्वागी (छोनाम) को अवसरमा आज तीन वटा जिल्लामा सार्वजनिक विदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानूनी मन्त्रालयले गत सोमबार एक सूचना जारी गरी मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक विदा दिने जानकारी गराएको थियो ।
‘बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८–१२–०९ को निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
September 7, 2022
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -