२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इसुजु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल आजबाट सुरु हुँदै

प्रकाशित मिति : २०७९ भाद्र २५ गते

चितवन / इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल सुरु हुँदैछ । भरतपुर फुटबल क्लबको आयोजनामा चितवनमा सर्वाधिक राशीको गोल्डकप आज (शनिबार) देखि हुन लागेको हो ।
असोज ३ गतेसम्म चल्ने गोल्डकपको तयारी पुरा भएको संयोजक धुर्व भुसालले जानकारी दिए । गोल्डकप अवलोकन गर्न दर्शकका लागि अस्थाई प्याराफिट निर्माण गरिएको छ ।
चार हजार दर्शकले अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण गरिएको भुसालले बताए । यस्तै मैदान सम्याउनेलगायतका अन्य सम्पूर्ण तयारी पनि पुरा भएको उनले बताए ।
‘हाम्रो तयारी पुरा भएको छ । मैदान तयार छ । ६ लाख बढी खर्चमा चार हजार क्षमताको प्याराफिट निर्माण गरेका छौं’, भुसालले भने । गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र भारतको मोतिहारी एफसी भिड्नेछन् ।
खेल दिउँसो ३ बजे सुरु हुनेछ । गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि क्वाटरफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34