September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशभित्रका विपन्न नागरिकलाई निःशुल्क रक्तसञ्चार सेवा

September 13, 2022
File photo.

चितवन / बागमती प्रदेशभित्रका नागरिकलाई अत्यावश्यक रक्तसञ्चार सेवा निःशुल्क हुने भएको छ । बागमती प्रदेश सरकारले गरेको विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि बमोजिम आर्थिक रुपले विपन्न नागरिकलाई यो सेवा सरु गरिएको हो । जिल्लामा पनि सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालय चितवनले क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरसँग सम्झौता गरेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाई र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका सभापति ज्ञानशाली न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । तीन वटा अस्पतालका प्रतिनिधिको रोहवरमा सम्झौता भएको हो । कार्यालयका प्रमुख चापागाईले असोज १ गतेबाट भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र बकुलहर रत्ननगर अस्पतालमा उपचाररत बिरामीलाई रगत निःशुल्क उपलब्ध गराईने बताए । कार्यविधि अनुसार एउटा बिरामीले एक वर्षमा १० युनिट रगत निःशुल्क पाउने छ ।

- ADVERTISEMENT -

Advertisement

डाईलासिस र रक्ततत्व आवश्यक पर्ने बिरामीका लागि थप १० युनिट निशुल्क हुनेछ । आकस्मिक अवस्थामा रहेका घाईते र बिरामीलाई प्रदेश सरकारले जहाँका बिरामी भए पनि निःशुल्क उपलब्ध गराउने छ । बिरामीले निःशुल्क सेवा लिनका लागि आफू बागमती प्रदेशको वासिन्दा भएको खुल्ने कागजपत्र पेश गर्नुपर्ने हुन्छ । चापागाईले भने, ‘यो सेवा लिनका लागि आवश्यक कागजात पेश गर्नुपर्ने भएकाले सोही अनुसार अनुरोध गर्दछु ।” निःशुल्क रगत लिनका लागि विपन्न नागरिक भएको स्वघोषणा गर्नुपर्ने हुन्छ ।

यसका लागि कुनै प्रमाण माग नगरी स्वघोषणा फाराम भरे पुग्ने गरी व्यवस्था गरिएको छ । कार्यालयले एक वर्षका लागि तीन हजार ८०० युनिट रगतका लागि बजेट विनियोजन गरेको छ । हाल रगतका लागि केन्द्रले सेवा शुल्क वापत रु. ८५० लिंदै आएको छ । जिल्लामा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गर्दछ ।

यहाँबाट माग पूर्ति गर्न नसकेर छिमेकी जिल्ला, काठमाण्डौं, पोखरा लगायतका ठाउँबाट रगत ल्याउनु पर्दछ । यस कार्यक्रमसँगै मुख्य रुपमा तीन अस्पतालमा उपचारका लागि आउने विपन्नहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् । दुर्घटना, क्यान्सर र सुत्केरीले तीन अस्पतालमा धेरै रगत खपत हुँदै आएको छ ।