चितवन / सरकारले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । म्यादी प्रहरीका लागि चितवनमा मात्रै तीन हजार ८३० जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार आठ दिनको अवधीमा दुई हजार ७०९ पुरुष र एक हजार १२१ महिला गरी जम्मा तीन हजार ८३० जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका हुन् । शारिरीक अभ्यास, लिखित परीक्षा र अन्तरवार्तालगायतमा पास भई निर्धारित मापदण्ड पुरा गरेका आवेदकलाई म्यादी प्रहरीमा छनौट गरिने उनले बताए ।
प्रहरी प्रधान कार्यालयले अझै पनि चितवनको लागि म्यादी प्रहरीको कोटा भने खुलाएको छैन । कोटा विवरण नखुलाइँदा कति आवेदक छनौटमा पर्ने हुन भन्नेमा अन्यौलता सिर्जना भएको छ । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा एक हजार ७०९ म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीको लागि आवेदन दिने समय सकिएको छ । म्यादी प्रहरीको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिने समय थियो ।
म्यादीका लागि आवेदन दिएकाको शारीरिक तन्दुरुस्ती परीक्षा आइतबारदेखि हुँदै छ । नारायणगढ क्याम्पा चौरमा परीक्षा हुने प्रहरी कार्यालयले जानकारी दिएको छ । पूर्व सुरक्षाकर्मी र स्थानीय तहको निर्वाचनका म्यादी प्रहरीले भने तन्दुरुस्ती परीक्षा दिनु नपर्ने कार्यालयले जनाएको छ । उनीहरुको हकमा अन्र्तवार्ताको सूचना प्रकाशित गरिने बताइएको छ ।
निर्वाचन सुरक्षाका लागि सरकारले देशभरबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्दै छ । आवेदन दिएकालाई छनौट गर्ने काम असोज ९ गतेदेखि १४ गतेसम्म हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौटको अन्तिम नतिजा असोज २५ गते प्रकाशित गर्ने कार्यतालिका छ । म्यादीका लागि छनौटमा भएकालाई असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । म्यादी प्रहरीलाई निर्वाचनमा ४० दिन खटाइने छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक, खाद्यान्न बापत प्रतिव्यक्ति एकमुष्ट सात हजार २०० रुपैयाँ, पोशाक तथा अन्य सामान खरिद गर्न छ हजार, तयारी खर्च बापत एक हजार र प्रतिदिन ३०० रुपैयाँका दरले ४ दिनको एक हजार २०० रुपैयाँ खाजा खर्च गरी जम्मा ५० हजार १६० रुपैयाँ पाउने छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

म्यादी प्रहरीका लागि चितवनमा ३८ सय बढीको आवेदन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.82
153.42

European Euro
1
178.83
179.53

UK Pound Sterling
1
208.73
209.55

Swiss Franc
1
191.23
191.98

Australian Dollar
1
109.46
109.89

Canadian Dollar
1
111.17
111.61

Singapore Dollar
1
120.45
120.92

Japanese Yen
10
9.64
9.67

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.68
4.69

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.04
11.08

Swedish Kroner
1
16.15
16.21

Danish Kroner
1
23.92
24.01

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
498.19
500.15

Bahrain Dinar
1
405.34
406.93

Omani Rial
1
396.95
398.51













