२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका तीन पत्रकारसहित ४ जना सम्मानित, राप्तीका मेयर लामाद्वारा वार्षिकोत्सवको उद्घाटन

प्रकाशित मिति : २०७९ आश्विन १० गते

चितवन / बि एण्ड बि मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित ‘न्यूजप्रवाह साप्ताहिक’ पत्रिकाले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । वार्षिकोत्सव नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा आज सोमबार घटस्थापनाका दिनको शुभ साइत पारेर सम्पन्न गरेको हो ।
राप्ती नगरपालिका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि शमशेर लामाले दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि लामाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले पत्रकारिताको क्षेत्रमा न्यूजप्रवाह साप्ताहिकले समाज रुपान्तरण अहम भूमिका खेलेको बताए ।


सोही अवसरमा तीन पत्रकारसहित चार जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा चितवन पोष्ट दैनिकका प्रमुख सह–सम्पादक केशव भट्टराई, सोही दैनिकका सम्वाददाताद्वय होमनाथ सापकोटा, तुलमान गुरुङ र दक्षिणकाली छापाखानाका प्रोप्राइटर राजाराम त्रिपाठी रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement


उनीहरुलाई प्रमुख अतिथि लामा र बि एण्ड बि मिडियाका अध्यक्ष बबिलाल तामाङले संयुक्त रुपमा खादा र सम्मान पत्रले सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित हुने भट्टराईलाई स्थापनाकालदेखि नै न्यूजप्रवाह साप्ताहिकलाई निरन्तर रुपमा अमूल्य सहयोग, सल्लाह एवम् सम्पादनको भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।
यस्तै अर्का सम्मानित हुने गुरुङ र सापकोटालाई पत्रिकालाई स्थापनाकालदेखि नै अमूल्य सहयोग र सल्लाह दिएकोमा सम्मानित भएका हुन् भने त्रिपाठीलाई पुस्तक प्रकाशनमा सहयोग पुर्याएकोमा सम्मान गरिएको हो ।
‘वार्षिक विशेषाङ्क’ पुस्तक विमोचन
यसैबीच वार्षिकोत्सवको अवसर पारेर वार्षिक विशेषाङ्क पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तककको राप्तीका मेयर लामा, बि एण्ड बि मिडियाका अध्यक्ष तामाङलगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
विमोचित वार्षिक विशेषाङ्क पुस्तकमा विभिन्न विषयहरु समावेश गरिएको छ । उक्त पुस्तकमा २४ वटा लेखहरु रहेका छन् भने डाक्टर, पत्रकार तथा व्यवसायीसमेतलाई समेटिएको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मैतसिं तामाङ, नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ चितवनका अध्यक्ष रमेश रानामगर, अधिवक्ता अजयकुमार तामाङ, भरतपुर नगर तामाङ समाजका अध्यक्ष पासाङ तामाङ, तामाङ पत्रकार संघ केन्द्रीय सचिव उर्गेन तामाङ, प्राध्यापक हरि अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रम बि एण्ड बि मिडिया नेवटर्क प्रालिका अध्यक्ष बबिलाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन पत्रकार तुलमान गुरुङले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39