२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिनिधि सभा सदस्यमा पूर्वमन्त्री पाण्डेको क्षेत्र नं. ३ बाट उमेदवारी

प्रकाशित मिति : २०७९ आश्विन २३ गते
File photo.

चितवन / पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै पूर्वमन्त्री पाण्डेले जनतासँग गरेका वाचाहरु पुरा गर्न नसकेर आफु कहिल्यै नभाग्ने बताए ।
‘जनतालाई आश्वासन होइन, विकासको लहर कसरी आउने रहेछ काम गरेर देखाउन चाहन्छु’, उनले भने, ‘जनतासँग भागेर निर्वाचन क्षेत्र खोज्दै आगामी चुनावमा भाग्ने काम हुनेछैन, सँधै जनताका दुखसुखमा रहनेछु ।’ उनले चितवन–३ लाई विकासको नमुना क्षेत्र बनाउन दीर्घकालिन महत्वका विकास योजनाहरु कार्यान्वयन गर्न लागिपर्ने बताए ।
चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । राप्रपाबाट प्रदेश ३(क) मा बागमती प्रदेश उपाध्यक्ष गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र ३ (ख) मा सहमहामन्त्री तथा निवर्तमान प्रदेश सांसद रिना गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच, राप्रपाले चितवनका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिएको छ । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले चुनावी तालमेलका लागि प्रयास गर्ने गरी उम्मेदवारी दिइएको बताए । ‘चुनावी तालमेल भए हामी सहयोग गर्न तयार छौँ’, उनले भने, ‘सबै क्षेत्रमा चुनावी तालमेल हुन नसके हामी सबै दलसँग मित्रवत प्रतिस्पर्धामा उत्रनेछौँ ।’
राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि चितवन–१ बाट राप्रपा बागमती प्रदेशका सहसचिव मधुप कुमार भट्टराई माधव, चितवन–२ बाट युवा व्यवसायी तथा नेता रविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै प्रदेशसभा सदस्यका लागि चितवन १(क) मा जिल्लाका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रामहरि कँडेल, १(ख) मा क्षेत्रीय अध्यक्ष बलराम खनालले उम्मेदवारी दिएका हुन् ।
यस्तै चितवन २(क) मा नेता रुक्माङगत पोखरेल, २ (ख)मा किसान संगठनका केन्द्रीय सदस्य तथा उपाध्यक्ष जगदीश्व्र अधिकारीले उम्मेदवारी दर्ता गराए । राप्रपा र एमालेबीच चुनावी तालमेल गर्ने भनिएपनि मनोनयन दर्ताकै दिनमा भने सहमति हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72