२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका २३० मा स्क्रबटाईफस संक्रमण, भरतपुरका ५५ जना

प्रकाशित मिति : २०७९ आश्विन २४ गते
File photo.

चितवन / भरतपुरमा अवस्थित अस्पतालहरुमा उपचार गर्न आएका बिरामी मध्ये २३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण भएको पाइएको छ । १ हजार ८७३ जनाको परीक्षणका क्रममा २३० जना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमित मध्ये १०८ जना चितवनका रहेका छन् । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना सङ्क्रमित भेटिएको र अन्य चितवन बाहिरको भएको केसीले जानकारी दिए ।
गत आर्थिक वर्षमा ३ हजार २८६ जनाको परीक्षणका क्रममा २८६ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रफटाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।
स्क्रफटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिले काहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।
यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताए ।
यस्तै जिल्लाको बिभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामी मध्ये १ हजर १६९ जनामा डेंगु रोगको सङ्क्रमण देखिएको छ । जस मध्ये ८१० जना चितवनका रहेका छन् ।
१७७ जनाको ठेगाना पहिचान नभएको र २४३ जना जिल्ला बाहिरका रहेका छन् । डेंगुका कारण चितवनमा २ जनाको मृत्यु भएको छ । साउन महिना यता ५ हजार ७११ जनाको परिक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.82
153.42
European Euro
1
178.50
179.20
UK Pound Sterling
1
208.41
209.23
Swiss Franc
1
190.79
191.54
Australian Dollar
1
109.66
110.09
Canadian Dollar
1
111.01
111.44
Singapore Dollar
1
120.36
120.84
Japanese Yen
10
9.61
9.65
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
16.14
16.21
Danish Kroner
1
23.88
23.97
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
498.19
500.15
Bahrain Dinar
1
405.36
406.95
Omani Rial
1
396.95
398.51